discover:
saka
add friend
blog post Flowers are Red - Harry Chapin
Posted in SCHOOL STORIES on Apr 17, 2007 at 6:52 AM
यो गीत मलाई साह्रै मार्मिक लाग्छ । यस गीतमा झल्काइएको शिक्षा प्रणालीसंग सम्बन्धित प्रश्न सायद नेपालमा हामीले पनि सानो छँदा भोग्यौ कि? यो मलाई साह्रै मनपर्ने गीत हो र तपाईलाई पनि पक्कै मनपर्नेछ । सानोमा मात्रै नभैइ ठुलै भएर पनि हामी कतै यस्तै मनस्थितिमा त छैनौ?

(तल लिरिक्स पढ्नुहोला)





The little boy went first day of school
He got some crayons and started to draw
He put colors all over the paper
For colors was what he saw
And the teacher said.. What you doin' young man
I'm paintin' flowers he said
She said... It's not the time for art young man
And anyway flowers are green and red
There's a time for everything young man
And a way it should be done
You've got to show concern for everyone else
For you're not the only one

And she said...
Flowers are red young man
Green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen

But the little boy said...
There are so many colors in the rainbow
So many colors in the morning sun
So many colors in the flower and I see every one

Well the teacher said.. You're sassy
There's ways that things should be
And you'll paint flowers the way they are
So repeat after me.....

And she said...
Flowers are red young man
Green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen

But the little boy said...
There are so many colors in the rainbow
So many colors in the morning sun
So many colors in the flower and I see every one

The teacher put him in a corner
She said.. It's for your own good..
And you won't come out 'til you get it right
And all responding like you should
Well finally he got lonely
Frightened thoughts filled his head
And he went up to the teacher
And this is what he said.. and he said

Flowers are red, green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen

Time went by like it always does
And they moved to another town
And the little boy went to another school
And this is what he found
The teacher there was smilin'
She said...Painting should be fun
And there are so many colors in a flower
So let's use every one

But that little boy painted flowers
In neat rows of green and red
And when the teacher asked him why
This is what he said.. and he said

Flowers are red, green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen.


blog post ईस्टर ब्रेक्
Posted in SCHOOL STORIES on Apr 07, 2007 at 8:00 PM
हिजोको दिन साह्रै अल्छि लाग्दो भयो । म आफ्नो कोठा फर्किदा निकै घमाईलो थियो अन्त हातमा क्याम्रा भएकोले गर्दा फोटो खिचिहालेको ।


म धेरै सानो हुँदा हेरेको यस चलचित्रले अझैपनि मिच्छ्याउदैन । मेरो बिचारमा यो सबैजनाले हेर्नै पर्ने चलचित्र हो । यस चलचित्रमा किको नाम् गरेका प्रमुख पात्र अफ्रिकाको मरभुमि क्षेत्र साहारा डेजर्ट वरपर बसोबास गर्दै आएका बुशमेन जातिको मान्छे हो । उनीहरुको आफ्नै जीवनशैली देखेर हामी सबैलाई मोहित पार्दछ । यो चलचित्र हेर्नुको लागि कृपया तलको निम्न लिंकमा क्लिक गर्नुहोला ।






सायद भग्वान बहुल्याएका छन्   (दोस्रो भाग्)



रमाईलो गर्नुहोस्



खासगरी मैले यो ब्लग् मेरो आफ्नै बारेमा मपाई गर्नु लेख्दैछु । हुन त यो माथिको प्रश्न र मेरो बिच कुनै सम्बन्ध छैन तापनि तेत्तिकै रमाईलो को लागि हालेको । तपाईहरुलाई झुक्काको नभन्ठान्नु होला । खासमा पाठक वर्गहरुलाई आकर्षित् गर्न प्रयोग् गरेको । आकर्षित् त गर्‍यो कि गरेन कुन्नि तर जे होस्, एनिवे! मेरो बारेमा भन्नु पर्दा मलाई नेपाली भाषामा ब्लग् गर्नु चासो बढेको छ । नेपाली लिपिमा थोरै मात्रमा ब्लग् देखेको हुनाले मैले पनि अरु दुइ-चार जना साथीहरुले जस्तै सुरु गरेको हुँ। मेरो बारेमा भन्नुपर्दा मलाई देखनेहरु सबैजना मलाई अति सरल भन्ठान्छन् । मेरो अनुहारमा त्यस्तो सोझोपन् झल्किने कुरा के छ कुन्नि? फाइदाजनक् रहुन्जेल् त ठिकैको कुरो हो । अरु त के भन्ने खै? रुघा लागेको बेलामा मेरो नाकबाट सिंङान् झर्छ । तिर्खा लागेको बेलामा पानी पिउछु । मलाई भुटेको भात मनपर्छ । दाल मनपर्दैन । धेरै पिरो खायो भने मेरो टाउको चिलाउछ । मलाई त्यो बोत्तलको अचारहरु मनपर्दैन । गुलियो कुरा मनपर्दैन । गुन्द्रुकको झोल् मनपर्छ । साग् सब्जीहरुमा पात गोबि मनपर्छ । तामाको तरकारी मान्छेहरुले कसरी खान्छन् कुन्नि? अचम्मै लाग्छ । कस्तो साह्रो परैबाट गनाउँछ । मलाई बाख्राको खुट्टाको झोल् चै साह्रै मनपर्ने तर आजकल चै खाँदिन, पाप हो जस्तो लाग्छ किनकि बिचरा उसले त्यो दुइटा खुट्टाले अझै कति पाईला टेक्थ्यो होला भन्ठानेर... हुन त बाख्राको चारओटा खुट्टा हुन्छ । तर कुखुराको मासु चै फेरी खाइन्छ बेला-बेलामा । पेटमा बोसो लाग्नु थालेर हैरान् भैराकोछ अन्त त्यसैले आबो देखि मासु नखाउम् भनेको तर बेला-बेलामा आँखा चिम्लेर गैहाल्छ । घरमा आमाले म सानो हुँदा कुखुरा काटनु लगाउदा त मजाले छप्काउथे तर जति बुढो हुदै गयो त्यति कुखुरा काट्ने भनेपछि त्यतिनै भागिहिड्थे । तर डराएर होइन, जिवजन्तु प्रति दया जागेर । मलाई कुखुरा भुत्ल्याउनु मनपर्दैन तर सानोमा हुँदा कुखुराको आन्द्राभुँडी सबै केलाउथे र त्यहा भित्र भाको कुखुराको पहेलो-पहेलो हरियो-सेतो सुलीलाई आन्द्रामा पाइप् जोडेर अनि सिँन्काले घोचेर, मोजा उल्टो पारे जस्तै उल्टाएर, धाराको पानीले सफा गरीकन नुनसुन् हालेर आगोमा पोलेर खान्थे । सानोमा स्कूल् गएन्जेल् जुत्ता त्यति साह्रो फटाईन । त्यो बाटा जुत्ता लगाउदा खुट्टा पछाडी घाउ बनाइदिन्थ्यो । बाँसबारी र फिट् राईट् एउटै हो कि फरक् फरक कम्पनि हो कुन्नि? बिर्से । त्यो खाले जुत्ता पनि लगाए । एह् हे! " हात्ति छाप् चप्पल् बलियो कि गैडा छाप् चप्पल् बलियो, उस्तै उस्तै हो नानु " भन्ने रेडियोमा सुनेको विज्ञापन याद आयो । त्यो निलो रब्बरको चप्लिले पिटाई खादा कस्तो साह्रो डाम् बसाईदिन्थ्यो । मेरो धेरै लुगाहरु नलगाई-नलगाई छोटो भएर गयो । सायद काठमाँडौमा अझै पनि मान्छेहरु पहिला मैले जस्तै बिहान-बिहान ६:०० बजे उठेर झापाली पसलमा दुध् लिनु जान्छन् होलान् । बिहान-बिहान घरको कुकुरलाई मुताउनु बाहिर डाँडातिर लग्थे । के तपाईहरु पनि एस्तै गर्नु हुन्थ्यो कि अल्छिको पोको हुनुहुन्थ्यो?


blog post मेरो बिचार
Posted in JOURNALs on Mar 23, 2007 at 1:35 AM
        ...पर्खिनोस् है! म कुन् विषयमा ब्लग् लेखुम् भनेर सोच्दैछु । केहि कुरा लेखनुको लागि एक्दमै तम्सिराकोछु । के को बारे लेखने होला? आयो आयो ! टाईमिस् ! ल अब म सुरु गर्दैछु । पढ्दै जानुहोस् ...

        जिवन भनेको एउटा ठुलो नाटक हो । हामी सबै यसका पात्र हौ । कलाकार भने पनि, दर्शक भने पनि, दुवै हामी हौ । त्यसैले कि त नाटक गरौ कि त तमासा हेरौ । मेरो बिचारमा नाटक हेर्नु भन्दा खेल्नु रमाईलो हुन्छ । दर्शक भयौ भने हरेक कुराको मनन् गरौ । जसरी जिवन् एउटा भ्रम हो, त्यसरी यसका हरेक् पक्षलाई केलाएर हेर्ने गरौ । यो एउटा बल्झिएको जालो हो जसलाई फुकाउन निकै समय लाग्छ । हामी सबैलाई चिन्ह भनौ वा कुनै एउटा कुराको पहिचान दिने तथा अस्तित्व जनाउने चिन्हले सदैव अकर्षित गरिआएकोछ । मानवजाति र चिन्ह बिच गहिरो सम्बन्ध छ । हामीलाई कुनै कुरा मनपर्यो भने त्यस्लाई एउटा चिन्ह स्वरूप सम्मान दिन्छौ । मानिसहरु सामाजिक प्राणी भएकाले गर्दा समाजभित्र मानिसलाई मानसिक् तथा भौतिक दुवै रुपमा वशमा राखनुकोलागि अनेक किसिमको जालो बिछाईएको हुन्छ । अब त्यो जालो मान्छेहरु लढे भने बचाउनको लागि भनेर राखिएको हो कि नत्र सामाज भित्र भौतरिएका पात्रहरुलाई समातेर बाहिर जालोमा फाल्नको लागि बनाईएको हो? विचार गर्नुहोस् । हत्तेरिका ! झण्डै झण्डै गत्तिलै निबन्ध पो भएछ । तर खास् भन्ने हो भने मैले के भन्नु खोजेको हो म आफैलाई थाहा छैन । लेखनु त अलिकति मार्मिक कुरो नै लेखे की जस्तो लाग्दैछ । ब्लग् लेख्नु सुरु गरेपछि के लेखने पत्तो नभएर त्यत्तिकै जे पाई त्यै शब्दहरु हालेर हुन्छ वा लामो लामो वाक्य बनाएर सक्दोसम्म यो पेज भर्ने कोसिस गर्दैछु । तपाईहरुले यहाँ सम्म पढने दुख गरिदिनु भएकोमा म यहाँहरुलाई धेरै धेरै धन्यबाद् टक्र्याउदछु । स्कूल छाडेपछि यत्तिका वर्षसम्म नेपाली नलेखेकोले गर्दा पो मेरो औला चिलाईरहेको रैछ । त्यती बेला भने नेपाली विषयलाई हेप्ने गरेको बानी अहिले आएर नेपालीमा मात्रै लेखनु र नेपालीमा मात्रै पढ्नु मन लाग्दैछ ।


मैले आज कन्ट्रोल् रूम् (CONTROL ROOM) नामक् डक्युमेन्ट्री हेरे । मेरो बिचारमा यो मैले अहिलेसम्म हेरेको सबै डक्युमेन्ट्रीहरु मध्ये सबैभन्दा अवस्मरणिय डक्युमेन्ट्री हो । यो डक्युमेन्ट्री इराक् युद्ध द्वारान् चलेको अमेरिकि सन्चार् माध्यमहरु र अरबी सन्चार् माध्यम् अल्-जजिरा द्वारा प्रसार् गरिएको विभिन्न एकपक्षिय समाचार प्रसारणको प्रोपगान्डामा आधरित् डक्युमेन्ट्री हो । यस् डक्युमेन्ट्रीमा युद्ध द्वारान् समाचार द्विपक्षिय हुन सक्छ कि सक्दैन भनेर मनन् गरिएको छ ।



blog post The Gaelic Storm
Posted in SCHOOL STORIES on Mar 15, 2007 at 7:02 AM

आइरिश् बाजाको धुनमा सारा सन्सार् रम्ने गर्छन् । बेगपाईपको धुन् सङै भाएलिनको तालले सबैजनालाई मन्त्रमुग्ध बनाउछ । तपाईहरुले हलिउड द्वारा निर्मित् चलचित्र "टाईटनिक्" हेर्नु भएको छ भने त्यस्मा देखाइएको कलाकार् लियोनर्डो डिकेपृयो र केट् विन्स्लेट्को पानी जहाज भित्र आइरिश् धुनमा नाचेको भाग् यहा हरुलाई पक्कै पनि याद् हुनुपर्छ । त्यो बेला उनीहरु नाचेको धुन् आइरिश् साङितिक् समुह "द ग्यैलिक् स्टर्म्" को सङीत् हो । उनीहरुको गीतहरु आएर्लेन्ड् को केल्टिक् धुनमा आधारित् सङीत् हो । यहा लोरस् कलेजका विद्दार्थी सङ्हठनको निमन्त्रणामा उनीहरु आफ्नो आइरिश् साङितिक् कोसेली लिएर डुब्युकका दर्शक् सामु उपस्थित् भएका थिए । सो कार्यक्रम् लोरस् कलेजको बलरूम मा भएको थियो ।



भिडियो हेर्नुको लागि यहाँ क्लिक गर्नुहोला ।


 



मंगलबार् - जाडो घट्दै छ, आज एक्दम चर्को घाम् लागिरहेको छ । भोकले टांट् परिरहेको बेलामा माइक्रोवेव् भित्र भात् बसालेर पकाएको छु । माइक्रोवेव् भित्र लगभग् २० देखि लिएर २५ मिनट् सम्म तताउने हो भने चामल् मज्जाले राम्रो सित पाक्छ । यहा हाम्रा अमेरिकी साथीहरु कहिले कसो मात्रै भात् खान्छन् किनकी उनीहरु धेरै जसो बिहानपखको अर्नी जसलाई उनीहरु "ब्रेक्फास्ट्" भन्ने गर्छन्, त्यसबखत् उनीहरु पाउरोटी र पीनट् बटर तथा सिरिअल्सहरु खाने गर्दछन् ।




blog post शिकागो यात्रा
Posted in TRAVEL STORIES on Mar 09, 2007 at 7:14 AM

अहिले रातीको १:०० बज्यो । म चै शिकागो शहरको कन्ट्री इन्न् भन्ने होटलको कोठाबाट यो ब्लग् लेख्दैछु । अहिले चै मलाई एकदमनै निन्द्रा लागेकोछ अन्त त्यसैले म भोली यो ब्लग पुरा गर्नेछु। आज दिनभरी शिकागो शहरको यात्राको बयान गर्नु र फोटो अप्लोड गर्नु धेरै समय लाग्ने भएकोले भोली तिर यो ब्लग पुरा गर्नुपर्ला ।


शिकागो, ईलिनोय (Chicago, Illinois)


Downtown Chicago को एक् झलक्


माथिको चित्रमा तपाईहरुले De Paul University देखिराख्नु भएकोछ ।


शिकागो शहरभित्र विशेष् भारतीय् तथा पाकिस्तानी मुलुकका मानिसहरुको ठुलो जमात रहिआएको suburban ठाउ Devon Street हो । यहा उनिहरुको खाना, भाषा, भेषभुषा सबै भारत् तथा पाकिस्तानमा जस्तै देख्नपाइन्छ । Devon Street को एक् झलक


भारतीय् खाधान्न : सार्क मुलुकमा पाइने खाद्दान्न सामाग्रीहरु जति सबै यहा उपलब्ध छन। 


सानो हुन्दा खेरि खाएको लिज्जत पापड थुप्रै वर्षमा त्यही प्याकेटको फेरि दर्शन भयो । यो पापडले अमेरिका आइपुग्दा सम्मपनि पिछा छोडेन । मेरो बिचारमा संसार एक्दमै साँघुरो भैइसक्यो । नपत्ताए हेर्नुस् त यो लिज्जत पापड । यो पापड खानु म केवल नेपाल अथवा ईण्डिया नै जानु पर्छ भन्ने छैन । जमाना एक्दमै तीव्र गतिमा परिणत हुदैछ । यस पसलमा भारतीय, पाकिस्तानी, बङलादेशीहरु मात्रै नभएर नेपाली लगाएत गोरा अमेरिकी, अफ्रिकी अमेरिकी, हिस्प्यानीक मुलका ल्याटिनोहरु समेत तरकारी किनमेल गर्न आउछन ।  


भारतीयहरुको मिष्ठान्न सामाग्री पनि यहा उपलब्ध हुने रहेछ । मलाई गुलियो मिठाईहरु मन नपरेपनि मेरा साथीहरुले रसगुल्ला र गुलाब जामुन भन्न थाले । यो चित्रमा $ ३.९९ लेखेको बट्टा सबैभन्दा कुनामा देखिएकोछ । बट्टा हेरीकन दाम त कति थोरै जस्तो लाग्ने तर $ ३.९९ भनेको भारतमा लाग्ने पुरा उत्पादन मोल सहित  आयात गरेको भाउ जोडदा पनि बिक्रेतालाई भारतीय मुद्रामा धेरै नै फाईदाजनक पर्नजान्छ ।    


कहाँको सामान कहाँ बिक्री हुदैछ र यसका ग्राहकहरु फेरी भारतीय मुलका मात्रै नभैइ मद्दय-पूर्व राष्ट्रका सबैजसो मानिसहरु पनि छन । हुन त पसल भारतीय भए पनि सबै सामन भारतमा नै निर्मित भएका भने पक्कै होइनन् ।   


विभिन्न पसलहरु : अर्काको देशमा गएर यस्ता खाले पसलहरुले सबै अप्रवासीलाई आफुले चाहेको जस्तो खाना खानु मद्दत गर्दछ र साथै उनिहरुले मात्रै नभैइकन यहाँ बसोबास गर्ने लोकल अमेरिकी जनताले पनि सामाजिक विविधताको राम्रो उपयोग भएको आभास गर्न पाउछन ।


साथै यसले भारत जस्तो राष्ट्रका मानिसहरुलाई जसरी अमेरिकीहरु एउटै रुपमा बाँद्धछन, उनिहरुले यस्तो विभिन्न सस्कृति दर्शाउने पसलहरु देखे पछि भारत जस्तो देशमा पनि साँस्कृतिक विविधता रहेको कुरा सिक्न पाउछन ।   


विदेशमा बसोबास गर्दा देखनुपाउने राम्रो कुरा भनेको यस्तो हो । आफ्नो जन्मभुमिमा अनेक विषयमा झै-झगडा गरेपनि विदेशमा मेल्-मिलाप गरेर बस्न चाहन्छन भारती र पाकिस्तानीहरु । हुन त हरियो डलरले धेरै ठुलो कमाल गर्न सक्छ भन्थे, त्यो कुरा पनि साचो नै हो । नपत्ताए तल चित्रमा हेर्नुस त  INDIAN & PAKISTANI लेखिएको बोर्ड । 


उता आफ्नो देशमा तछाड् मछाड् गरे पनि विदेशमा मिलेर काम् गरिरहेको देखिन्छन् । 


मैले यहा पटेल लेखेको बोर्ड चै जताततै देखे ।  


हिन्दी तथा पाकिस्तानी र अरबी चलचित्रहरु प्रशस्तै पाइन्छ


  


that green board translates to elder & younger sisters-in-law for Derani Jethani Jewelers 


तरकारी पसल्     भारतबाट आउने तरकारी भनेर राखिएको तस्विर् ।  भारतीय दालमोठ् र भुजियाहरु पानी पुरी   एउटा ठाउमा buffet lunch रहेछ । समोसा खाको त बोक्रा मतै ठुलो, भित्र आलु सित दुइटा मटरको गेडा मत्रै थियो । त्यहा मैले एउटा restaurant मा धेरै वर्ष पछि समोसा चाट् खाए । मैले सायद् राम्रो सित पचाउनु सकिन । के भयो कुन्नि? सबै साथीहरु त खाए पछि राम्रै गरे तर किन हो मलाई मात्रै त्यो मसला कुराले बिजोग् पार्‍यो।  छेरपाटी लागेर हैरान् पार्‍यो । जे होस् घरबाट नजिक् लाग्ने ठाउ छ Devon Street । 


सन्सारभरिनै प्रख्यात "चाइना टाउन्" शिकागो शहरमा पनि देख्नपाइन्छ । यहा चिन् मुलुकका मानिसहरुले आफ्नो संस्कृतिलाई चोखै राखिआएका छन् । विश्व प्रसिद्ध चाइनिज् खानाको स्वाद् लिनका लागि यहा प्रशस्तै चाइनिज् भोजनालयहरु छन् ।

         ( आउदै छ )

सन्सारको सबै भन्दा ठुला museum हरु मध्ये Field Museum of Chicago पनि एक् हो । विद्यार्थीहरुका लागि प्रवेश् टिकट्मा विशेष् छुट् रहेकोले हामीले केवल् एक् जनाको लागि $ ७।०० को दरले पैसा तिर्यौ ।

( आउदै छ )

हामी फर्किने बेलामा धेरै अबेर भएकोले गर्दा होटलमा बस्नु पर्‍यो र अन्त हामी Country Inn मा बस्यौ र भोलिपल्ट लगत्तै कलेज् तर्फ लाग्यौ ।



blog post वल्मार्ट गाको दिन
Posted in TRAVEL STORIES on Mar 07, 2007 at 12:02 AM

अस्तिनै देखिन् ड्युब्युकको वलमार्ट Walmart गएर पास्पोर्ट साइजको फोटो धुलाउने भन्दा भन्दा बल्ल आज हामी त्यस्तर्फ लाग्यौ । प्रज्वलले बिहन देखि केहि पनि खाएको छैन, एक्दमै भोक् लागिराको छ भनेर एउटा सानो Hardee's भन्ने फास्ट् फूड् भित्र छिर्यौ ।


anantaमलाई त्यती सार्हो भोक लागेको थिएन त्यसैले केही पनि खाईन् ।


सुदिसले पनि केही खाएन । सुदिसले गल्ती ठाउमा गाडी पार्क गरेकोले गर्दा हिजो र आज गरेर दुई चोटि लगातर $२५-$२५ ड्लर गरेर जम्मा $५० ड्लरको टिकट पाएकोमा चिन्तित छ ।


प्रज्वलले चाँही एउटा (cheese burger & fries) चीज्स् हालेको बर्गर्, चिसो पानी   र आलु फ्राइजको लागि USD २।९९ तिर्यो र त्यहा खाना खाईसकेपछि हामी साग् सब्जी किन्नुको लागि Walmart गयौ अन्त त्यहा सबैभन्दा पहिले हामी फोटो खिच्नु पुग्यौ र त्यस्पछि grocery किनिसकेपछि फिर्ता भयौ ।वल्मार्ट जस्ता ठुलो शपिङ् सेन्टरको कारणले गर्दा यहाँको वरपरको साना तिना पसल, उधोग धन्धाहरु मारमा परेकाले वल्मार्ट बिरुद्ध आवाज उठिरहेको छ । वल्मार्टका कर्मचारीहरुको त्यस् सस्थांमा काम गरे वापत् काम अनुसारको तलब नरहेको गुनासो रहेको सुन्न पाइन्छ। यहाँ विद्धालयमा त्यसबारे ठुलो वक्तव्य हुन्छ र जबसम्म वल्मार्टले कर्मचरीहरुको माग पुरा गर्दैन तबसम्म ग्राहकवर्ग द्वारा सकेसम्म् वल्मार्टबाट सामानहरु केहि पनि नकिन्नकालागि विद्धार्थी सङठनहरु द्वारा आव्हान हुँदै आएकोछ । त्यति हुदाहुदै पनि आखिर् मान्छेहरु जहां सस्तो सामान् भेटिन्छ त्यतै जान्छन् अन्त सबैजना वल्मार्टतर्फ हुत्तिन्छन् । पैसाको खडेरी परेको बेलामा, हामी पनि झन्डै झन्डै त्यही डयाङ्को मुला पर्न गयौ ।



यो नाथे दुईटा फोटोको लागि मैले $ ११ ।०० ड्लर तिरे । तर जे होस् फोटो चै राम्रै आएछ । ढुक्कै भयो ।



1 2 Next

RssFeed

Blogroll