discover:
saka
add friend

म धेरै सानो हुँदा हेरेको यस चलचित्रले अझैपनि मिच्छ्याउदैन । मेरो बिचारमा यो सबैजनाले हेर्नै पर्ने चलचित्र हो । यस चलचित्रमा किको नाम् गरेका प्रमुख पात्र अफ्रिकाको मरभुमि क्षेत्र साहारा डेजर्ट वरपर बसोबास गर्दै आएका बुशमेन जातिको मान्छे हो । उनीहरुको आफ्नै जीवनशैली देखेर हामी सबैलाई मोहित पार्दछ । यो चलचित्र हेर्नुको लागि कृपया तलको निम्न लिंकमा क्लिक गर्नुहोला ।






सायद भग्वान बहुल्याएका छन्   (दोस्रो भाग्)



रमाईलो गर्नुहोस्



खासगरी मैले यो ब्लग् मेरो आफ्नै बारेमा मपाई गर्नु लेख्दैछु । हुन त यो माथिको प्रश्न र मेरो बिच कुनै सम्बन्ध छैन तापनि तेत्तिकै रमाईलो को लागि हालेको । तपाईहरुलाई झुक्काको नभन्ठान्नु होला । खासमा पाठक वर्गहरुलाई आकर्षित् गर्न प्रयोग् गरेको । आकर्षित् त गर्‍यो कि गरेन कुन्नि तर जे होस्, एनिवे! मेरो बारेमा भन्नु पर्दा मलाई नेपाली भाषामा ब्लग् गर्नु चासो बढेको छ । नेपाली लिपिमा थोरै मात्रमा ब्लग् देखेको हुनाले मैले पनि अरु दुइ-चार जना साथीहरुले जस्तै सुरु गरेको हुँ। मेरो बारेमा भन्नुपर्दा मलाई देखनेहरु सबैजना मलाई अति सरल भन्ठान्छन् । मेरो अनुहारमा त्यस्तो सोझोपन् झल्किने कुरा के छ कुन्नि? फाइदाजनक् रहुन्जेल् त ठिकैको कुरो हो । अरु त के भन्ने खै? रुघा लागेको बेलामा मेरो नाकबाट सिंङान् झर्छ । तिर्खा लागेको बेलामा पानी पिउछु । मलाई भुटेको भात मनपर्छ । दाल मनपर्दैन । धेरै पिरो खायो भने मेरो टाउको चिलाउछ । मलाई त्यो बोत्तलको अचारहरु मनपर्दैन । गुलियो कुरा मनपर्दैन । गुन्द्रुकको झोल् मनपर्छ । साग् सब्जीहरुमा पात गोबि मनपर्छ । तामाको तरकारी मान्छेहरुले कसरी खान्छन् कुन्नि? अचम्मै लाग्छ । कस्तो साह्रो परैबाट गनाउँछ । मलाई बाख्राको खुट्टाको झोल् चै साह्रै मनपर्ने तर आजकल चै खाँदिन, पाप हो जस्तो लाग्छ किनकि बिचरा उसले त्यो दुइटा खुट्टाले अझै कति पाईला टेक्थ्यो होला भन्ठानेर... हुन त बाख्राको चारओटा खुट्टा हुन्छ । तर कुखुराको मासु चै फेरी खाइन्छ बेला-बेलामा । पेटमा बोसो लाग्नु थालेर हैरान् भैराकोछ अन्त त्यसैले आबो देखि मासु नखाउम् भनेको तर बेला-बेलामा आँखा चिम्लेर गैहाल्छ । घरमा आमाले म सानो हुँदा कुखुरा काटनु लगाउदा त मजाले छप्काउथे तर जति बुढो हुदै गयो त्यति कुखुरा काट्ने भनेपछि त्यतिनै भागिहिड्थे । तर डराएर होइन, जिवजन्तु प्रति दया जागेर । मलाई कुखुरा भुत्ल्याउनु मनपर्दैन तर सानोमा हुँदा कुखुराको आन्द्राभुँडी सबै केलाउथे र त्यहा भित्र भाको कुखुराको पहेलो-पहेलो हरियो-सेतो सुलीलाई आन्द्रामा पाइप् जोडेर अनि सिँन्काले घोचेर, मोजा उल्टो पारे जस्तै उल्टाएर, धाराको पानीले सफा गरीकन नुनसुन् हालेर आगोमा पोलेर खान्थे । सानोमा स्कूल् गएन्जेल् जुत्ता त्यति साह्रो फटाईन । त्यो बाटा जुत्ता लगाउदा खुट्टा पछाडी घाउ बनाइदिन्थ्यो । बाँसबारी र फिट् राईट् एउटै हो कि फरक् फरक कम्पनि हो कुन्नि? बिर्से । त्यो खाले जुत्ता पनि लगाए । एह् हे! " हात्ति छाप् चप्पल् बलियो कि गैडा छाप् चप्पल् बलियो, उस्तै उस्तै हो नानु " भन्ने रेडियोमा सुनेको विज्ञापन याद आयो । त्यो निलो रब्बरको चप्लिले पिटाई खादा कस्तो साह्रो डाम् बसाईदिन्थ्यो । मेरो धेरै लुगाहरु नलगाई-नलगाई छोटो भएर गयो । सायद काठमाँडौमा अझै पनि मान्छेहरु पहिला मैले जस्तै बिहान-बिहान ६:०० बजे उठेर झापाली पसलमा दुध् लिनु जान्छन् होलान् । बिहान-बिहान घरको कुकुरलाई मुताउनु बाहिर डाँडातिर लग्थे । के तपाईहरु पनि एस्तै गर्नु हुन्थ्यो कि अल्छिको पोको हुनुहुन्थ्यो?


blog post मेरो बिचार
Posted in JOURNALs on Mar 23, 2007 at 1:35 AM
        ...पर्खिनोस् है! म कुन् विषयमा ब्लग् लेखुम् भनेर सोच्दैछु । केहि कुरा लेखनुको लागि एक्दमै तम्सिराकोछु । के को बारे लेखने होला? आयो आयो ! टाईमिस् ! ल अब म सुरु गर्दैछु । पढ्दै जानुहोस् ...

        जिवन भनेको एउटा ठुलो नाटक हो । हामी सबै यसका पात्र हौ । कलाकार भने पनि, दर्शक भने पनि, दुवै हामी हौ । त्यसैले कि त नाटक गरौ कि त तमासा हेरौ । मेरो बिचारमा नाटक हेर्नु भन्दा खेल्नु रमाईलो हुन्छ । दर्शक भयौ भने हरेक कुराको मनन् गरौ । जसरी जिवन् एउटा भ्रम हो, त्यसरी यसका हरेक् पक्षलाई केलाएर हेर्ने गरौ । यो एउटा बल्झिएको जालो हो जसलाई फुकाउन निकै समय लाग्छ । हामी सबैलाई चिन्ह भनौ वा कुनै एउटा कुराको पहिचान दिने तथा अस्तित्व जनाउने चिन्हले सदैव अकर्षित गरिआएकोछ । मानवजाति र चिन्ह बिच गहिरो सम्बन्ध छ । हामीलाई कुनै कुरा मनपर्यो भने त्यस्लाई एउटा चिन्ह स्वरूप सम्मान दिन्छौ । मानिसहरु सामाजिक प्राणी भएकाले गर्दा समाजभित्र मानिसलाई मानसिक् तथा भौतिक दुवै रुपमा वशमा राखनुकोलागि अनेक किसिमको जालो बिछाईएको हुन्छ । अब त्यो जालो मान्छेहरु लढे भने बचाउनको लागि भनेर राखिएको हो कि नत्र सामाज भित्र भौतरिएका पात्रहरुलाई समातेर बाहिर जालोमा फाल्नको लागि बनाईएको हो? विचार गर्नुहोस् । हत्तेरिका ! झण्डै झण्डै गत्तिलै निबन्ध पो भएछ । तर खास् भन्ने हो भने मैले के भन्नु खोजेको हो म आफैलाई थाहा छैन । लेखनु त अलिकति मार्मिक कुरो नै लेखे की जस्तो लाग्दैछ । ब्लग् लेख्नु सुरु गरेपछि के लेखने पत्तो नभएर त्यत्तिकै जे पाई त्यै शब्दहरु हालेर हुन्छ वा लामो लामो वाक्य बनाएर सक्दोसम्म यो पेज भर्ने कोसिस गर्दैछु । तपाईहरुले यहाँ सम्म पढने दुख गरिदिनु भएकोमा म यहाँहरुलाई धेरै धेरै धन्यबाद् टक्र्याउदछु । स्कूल छाडेपछि यत्तिका वर्षसम्म नेपाली नलेखेकोले गर्दा पो मेरो औला चिलाईरहेको रैछ । त्यती बेला भने नेपाली विषयलाई हेप्ने गरेको बानी अहिले आएर नेपालीमा मात्रै लेखनु र नेपालीमा मात्रै पढ्नु मन लाग्दैछ ।


मैले आज कन्ट्रोल् रूम् (CONTROL ROOM) नामक् डक्युमेन्ट्री हेरे । मेरो बिचारमा यो मैले अहिलेसम्म हेरेको सबै डक्युमेन्ट्रीहरु मध्ये सबैभन्दा अवस्मरणिय डक्युमेन्ट्री हो । यो डक्युमेन्ट्री इराक् युद्ध द्वारान् चलेको अमेरिकि सन्चार् माध्यमहरु र अरबी सन्चार् माध्यम् अल्-जजिरा द्वारा प्रसार् गरिएको विभिन्न एकपक्षिय समाचार प्रसारणको प्रोपगान्डामा आधरित् डक्युमेन्ट्री हो । यस् डक्युमेन्ट्रीमा युद्ध द्वारान् समाचार द्विपक्षिय हुन सक्छ कि सक्दैन भनेर मनन् गरिएको छ ।



blog post The Gaelic Storm
Posted in SCHOOL STORIES on Mar 15, 2007 at 7:02 AM

आइरिश् बाजाको धुनमा सारा सन्सार् रम्ने गर्छन् । बेगपाईपको धुन् सङै भाएलिनको तालले सबैजनालाई मन्त्रमुग्ध बनाउछ । तपाईहरुले हलिउड द्वारा निर्मित् चलचित्र "टाईटनिक्" हेर्नु भएको छ भने त्यस्मा देखाइएको कलाकार् लियोनर्डो डिकेपृयो र केट् विन्स्लेट्को पानी जहाज भित्र आइरिश् धुनमा नाचेको भाग् यहा हरुलाई पक्कै पनि याद् हुनुपर्छ । त्यो बेला उनीहरु नाचेको धुन् आइरिश् साङितिक् समुह "द ग्यैलिक् स्टर्म्" को सङीत् हो । उनीहरुको गीतहरु आएर्लेन्ड् को केल्टिक् धुनमा आधारित् सङीत् हो । यहा लोरस् कलेजका विद्दार्थी सङ्हठनको निमन्त्रणामा उनीहरु आफ्नो आइरिश् साङितिक् कोसेली लिएर डुब्युकका दर्शक् सामु उपस्थित् भएका थिए । सो कार्यक्रम् लोरस् कलेजको बलरूम मा भएको थियो ।



भिडियो हेर्नुको लागि यहाँ क्लिक गर्नुहोला ।


 



मंगलबार् - जाडो घट्दै छ, आज एक्दम चर्को घाम् लागिरहेको छ । भोकले टांट् परिरहेको बेलामा माइक्रोवेव् भित्र भात् बसालेर पकाएको छु । माइक्रोवेव् भित्र लगभग् २० देखि लिएर २५ मिनट् सम्म तताउने हो भने चामल् मज्जाले राम्रो सित पाक्छ । यहा हाम्रा अमेरिकी साथीहरु कहिले कसो मात्रै भात् खान्छन् किनकी उनीहरु धेरै जसो बिहानपखको अर्नी जसलाई उनीहरु "ब्रेक्फास्ट्" भन्ने गर्छन्, त्यसबखत् उनीहरु पाउरोटी र पीनट् बटर तथा सिरिअल्सहरु खाने गर्दछन् ।




blog post शिकागो यात्रा
Posted in TRAVEL STORIES on Mar 09, 2007 at 7:14 AM

अहिले रातीको १:०० बज्यो । म चै शिकागो शहरको कन्ट्री इन्न् भन्ने होटलको कोठाबाट यो ब्लग् लेख्दैछु । अहिले चै मलाई एकदमनै निन्द्रा लागेकोछ अन्त त्यसैले म भोली यो ब्लग पुरा गर्नेछु। आज दिनभरी शिकागो शहरको यात्राको बयान गर्नु र फोटो अप्लोड गर्नु धेरै समय लाग्ने भएकोले भोली तिर यो ब्लग पुरा गर्नुपर्ला ।


शिकागो, ईलिनोय (Chicago, Illinois)


Downtown Chicago को एक् झलक्


माथिको चित्रमा तपाईहरुले De Paul University देखिराख्नु भएकोछ ।


शिकागो शहरभित्र विशेष् भारतीय् तथा पाकिस्तानी मुलुकका मानिसहरुको ठुलो जमात रहिआएको suburban ठाउ Devon Street हो । यहा उनिहरुको खाना, भाषा, भेषभुषा सबै भारत् तथा पाकिस्तानमा जस्तै देख्नपाइन्छ । Devon Street को एक् झलक


भारतीय् खाधान्न : सार्क मुलुकमा पाइने खाद्दान्न सामाग्रीहरु जति सबै यहा उपलब्ध छन। 


सानो हुन्दा खेरि खाएको लिज्जत पापड थुप्रै वर्षमा त्यही प्याकेटको फेरि दर्शन भयो । यो पापडले अमेरिका आइपुग्दा सम्मपनि पिछा छोडेन । मेरो बिचारमा संसार एक्दमै साँघुरो भैइसक्यो । नपत्ताए हेर्नुस् त यो लिज्जत पापड । यो पापड खानु म केवल नेपाल अथवा ईण्डिया नै जानु पर्छ भन्ने छैन । जमाना एक्दमै तीव्र गतिमा परिणत हुदैछ । यस पसलमा भारतीय, पाकिस्तानी, बङलादेशीहरु मात्रै नभएर नेपाली लगाएत गोरा अमेरिकी, अफ्रिकी अमेरिकी, हिस्प्यानीक मुलका ल्याटिनोहरु समेत तरकारी किनमेल गर्न आउछन ।  


भारतीयहरुको मिष्ठान्न सामाग्री पनि यहा उपलब्ध हुने रहेछ । मलाई गुलियो मिठाईहरु मन नपरेपनि मेरा साथीहरुले रसगुल्ला र गुलाब जामुन भन्न थाले । यो चित्रमा $ ३.९९ लेखेको बट्टा सबैभन्दा कुनामा देखिएकोछ । बट्टा हेरीकन दाम त कति थोरै जस्तो लाग्ने तर $ ३.९९ भनेको भारतमा लाग्ने पुरा उत्पादन मोल सहित  आयात गरेको भाउ जोडदा पनि बिक्रेतालाई भारतीय मुद्रामा धेरै नै फाईदाजनक पर्नजान्छ ।    


कहाँको सामान कहाँ बिक्री हुदैछ र यसका ग्राहकहरु फेरी भारतीय मुलका मात्रै नभैइ मद्दय-पूर्व राष्ट्रका सबैजसो मानिसहरु पनि छन । हुन त पसल भारतीय भए पनि सबै सामन भारतमा नै निर्मित भएका भने पक्कै होइनन् ।   


विभिन्न पसलहरु : अर्काको देशमा गएर यस्ता खाले पसलहरुले सबै अप्रवासीलाई आफुले चाहेको जस्तो खाना खानु मद्दत गर्दछ र साथै उनिहरुले मात्रै नभैइकन यहाँ बसोबास गर्ने लोकल अमेरिकी जनताले पनि सामाजिक विविधताको राम्रो उपयोग भएको आभास गर्न पाउछन ।


साथै यसले भारत जस्तो राष्ट्रका मानिसहरुलाई जसरी अमेरिकीहरु एउटै रुपमा बाँद्धछन, उनिहरुले यस्तो विभिन्न सस्कृति दर्शाउने पसलहरु देखे पछि भारत जस्तो देशमा पनि साँस्कृतिक विविधता रहेको कुरा सिक्न पाउछन ।   


विदेशमा बसोबास गर्दा देखनुपाउने राम्रो कुरा भनेको यस्तो हो । आफ्नो जन्मभुमिमा अनेक विषयमा झै-झगडा गरेपनि विदेशमा मेल्-मिलाप गरेर बस्न चाहन्छन भारती र पाकिस्तानीहरु । हुन त हरियो डलरले धेरै ठुलो कमाल गर्न सक्छ भन्थे, त्यो कुरा पनि साचो नै हो । नपत्ताए तल चित्रमा हेर्नुस त  INDIAN & PAKISTANI लेखिएको बोर्ड । 


उता आफ्नो देशमा तछाड् मछाड् गरे पनि विदेशमा मिलेर काम् गरिरहेको देखिन्छन् । 


मैले यहा पटेल लेखेको बोर्ड चै जताततै देखे ।  


हिन्दी तथा पाकिस्तानी र अरबी चलचित्रहरु प्रशस्तै पाइन्छ


  


that green board translates to elder & younger sisters-in-law for Derani Jethani Jewelers 


तरकारी पसल्     भारतबाट आउने तरकारी भनेर राखिएको तस्विर् ।  भारतीय दालमोठ् र भुजियाहरु पानी पुरी   एउटा ठाउमा buffet lunch रहेछ । समोसा खाको त बोक्रा मतै ठुलो, भित्र आलु सित दुइटा मटरको गेडा मत्रै थियो । त्यहा मैले एउटा restaurant मा धेरै वर्ष पछि समोसा चाट् खाए । मैले सायद् राम्रो सित पचाउनु सकिन । के भयो कुन्नि? सबै साथीहरु त खाए पछि राम्रै गरे तर किन हो मलाई मात्रै त्यो मसला कुराले बिजोग् पार्‍यो।  छेरपाटी लागेर हैरान् पार्‍यो । जे होस् घरबाट नजिक् लाग्ने ठाउ छ Devon Street । 


सन्सारभरिनै प्रख्यात "चाइना टाउन्" शिकागो शहरमा पनि देख्नपाइन्छ । यहा चिन् मुलुकका मानिसहरुले आफ्नो संस्कृतिलाई चोखै राखिआएका छन् । विश्व प्रसिद्ध चाइनिज् खानाको स्वाद् लिनका लागि यहा प्रशस्तै चाइनिज् भोजनालयहरु छन् ।

         ( आउदै छ )

सन्सारको सबै भन्दा ठुला museum हरु मध्ये Field Museum of Chicago पनि एक् हो । विद्यार्थीहरुका लागि प्रवेश् टिकट्मा विशेष् छुट् रहेकोले हामीले केवल् एक् जनाको लागि $ ७।०० को दरले पैसा तिर्यौ ।

( आउदै छ )

हामी फर्किने बेलामा धेरै अबेर भएकोले गर्दा होटलमा बस्नु पर्‍यो र अन्त हामी Country Inn मा बस्यौ र भोलिपल्ट लगत्तै कलेज् तर्फ लाग्यौ ।



blog post वल्मार्ट गाको दिन
Posted in TRAVEL STORIES on Mar 07, 2007 at 12:02 AM

अस्तिनै देखिन् ड्युब्युकको वलमार्ट Walmart गएर पास्पोर्ट साइजको फोटो धुलाउने भन्दा भन्दा बल्ल आज हामी त्यस्तर्फ लाग्यौ । प्रज्वलले बिहन देखि केहि पनि खाएको छैन, एक्दमै भोक् लागिराको छ भनेर एउटा सानो Hardee's भन्ने फास्ट् फूड् भित्र छिर्यौ ।


anantaमलाई त्यती सार्हो भोक लागेको थिएन त्यसैले केही पनि खाईन् ।


सुदिसले पनि केही खाएन । सुदिसले गल्ती ठाउमा गाडी पार्क गरेकोले गर्दा हिजो र आज गरेर दुई चोटि लगातर $२५-$२५ ड्लर गरेर जम्मा $५० ड्लरको टिकट पाएकोमा चिन्तित छ ।


प्रज्वलले चाँही एउटा (cheese burger & fries) चीज्स् हालेको बर्गर्, चिसो पानी   र आलु फ्राइजको लागि USD २।९९ तिर्यो र त्यहा खाना खाईसकेपछि हामी साग् सब्जी किन्नुको लागि Walmart गयौ अन्त त्यहा सबैभन्दा पहिले हामी फोटो खिच्नु पुग्यौ र त्यस्पछि grocery किनिसकेपछि फिर्ता भयौ ।वल्मार्ट जस्ता ठुलो शपिङ् सेन्टरको कारणले गर्दा यहाँको वरपरको साना तिना पसल, उधोग धन्धाहरु मारमा परेकाले वल्मार्ट बिरुद्ध आवाज उठिरहेको छ । वल्मार्टका कर्मचारीहरुको त्यस् सस्थांमा काम गरे वापत् काम अनुसारको तलब नरहेको गुनासो रहेको सुन्न पाइन्छ। यहाँ विद्धालयमा त्यसबारे ठुलो वक्तव्य हुन्छ र जबसम्म वल्मार्टले कर्मचरीहरुको माग पुरा गर्दैन तबसम्म ग्राहकवर्ग द्वारा सकेसम्म् वल्मार्टबाट सामानहरु केहि पनि नकिन्नकालागि विद्धार्थी सङठनहरु द्वारा आव्हान हुँदै आएकोछ । त्यति हुदाहुदै पनि आखिर् मान्छेहरु जहां सस्तो सामान् भेटिन्छ त्यतै जान्छन् अन्त सबैजना वल्मार्टतर्फ हुत्तिन्छन् । पैसाको खडेरी परेको बेलामा, हामी पनि झन्डै झन्डै त्यही डयाङ्को मुला पर्न गयौ ।



यो नाथे दुईटा फोटोको लागि मैले $ ११ ।०० ड्लर तिरे । तर जे होस् फोटो चै राम्रै आएछ । ढुक्कै भयो ।



blog post जस्ट अनदर डे
Posted in JOURNALs on Mar 05, 2007 at 9:12 PM

आज पनि बिदाको दिन । त्यही मौका पारेर blog गर्दै बसिराकोछु । बिहान एकछिन कोठा सफा गरिसकेपछि अलिकति लुगा धुए र अन्त खान पकाएर खाए । तर आजको मेरो मेनुमा चै मीइ थियो । झन्डै झन्डै हिजोको भुटेको भात जस्तै भयो । सुदिश मोराले भरैपनि भात पकाएर खानुपर्छ भन्दैछ । Walmart  गएर चिकेन लिएर आउने भन्दैथ्यो । यहां त हरियो साग सब्जी भन्दा पनि कुखुराको मासु नै सस्तो पर्ने भएर मलाई थाहा भए अनुसार धेरै जसो मान्छेहरु सबै खाली कुखुराको मासु मत्रै खांदरहेछन् । सबैलाई पैसा जोगाउनु परेकोछ । म चै आबो देखि कुखुराको मासु खांदिन भनेको तर कैले कसो चिटिङ् गर्छु ।


यहाँ खान पकाएपछि फोटो राख्नुको कारण चै पछी फ्युचरमा भोक लाग्यो भने यो वेबसाईट खोलेर फोटो हेर्दै थुक निल्नु हुन्छ नि, त्यसैले राखेको हो यो फोटो ।



- मार्च ४ तारिक्, २००७



केल्सी, स्टीव, डेव र म आज सन्युक्त राज्य अमेरिकाको फर्मर फर्स्ट् लेडी हिल्लरी क्लिन्ट्नको अब २००८ सालमा हुने राष्ट्रपतिय चुनावका लागि भैरहेको केम्प्येन टोलीका लागि सहयोगार्थ स्वरूप भोलन्टीर गरेका थियौ । सो टोली आयोवा राज्य स्थित् डुबुकको विश्वविद्धालयमा आयेको थियो । त्यसै क्रममा मैले हिल्लरी क्लिन्ट्नलाई पहिलो पल्ट भेट्नुपाएको हो ।




भिडियो हेर्नुको लागि यहाँ क्लिक गर्नुहोला ।






 



1 2 Next

RssFeed

Blogroll