आज पनि बिदाको दिन । त्यही मौका पारेर blog गर्दै बसिराकोछु । बिहान एकछिन कोठा सफा गरिसकेपछि अलिकति लुगा धुए र अन्त खान पकाएर खाए । तर आजको मेरो मेनुमा चै मीइ थियो । झन्डै झन्डै हिजोको भुटेको भात जस्तै भयो । सुदिश मोराले भरैपनि भात पकाएर खानुपर्छ भन्दैछ । Walmart गएर चिकेन लिएर आउने भन्दैथ्यो । यहां त हरियो साग सब्जी भन्दा पनि कुखुराको मासु नै सस्तो पर्ने भएर मलाई थाहा भए अनुसार धेरै जसो मान्छेहरु सबै खाली कुखुराको मासु मत्रै खांदरहेछन् । सबैलाई पैसा जोगाउनु परेकोछ । म चै आबो देखि कुखुराको मासु खांदिन भनेको तर कैले कसो चिटिङ् गर्छु ।
यहाँ खान पकाएपछि फोटो राख्नुको कारण चै पछी फ्युचरमा भोक लाग्यो भने यो वेबसाईट खोलेर फोटो हेर्दै थुक निल्नु हुन्छ नि, त्यसैले राखेको हो यो फोटो ।
आज आइतबार म अलिक छिटो उठे । आज पब बन्द छ । सायद बिहानको ५:०० बजेको थियो होला । पुरानो साथीहरु सित chat गरे र नृपेन सितपनि कुरा गरिसकेपछि हल्का भोक् लाग्यो र अन्त त्यस्पछि बासी भात बांकि थियो फ्रीजमा अनि त्य्सैलाई भुटेको भात fried rice बनाएर खाये ।
भुटेको भात बनाइसकेपछी आँफैलाई राम्रो लाग्यो र अन्त फोटो खिचेर राखेको ।
यो चै पानी लिनु जांदा Hennessy Hall पछाडि जुन लागि राकोरहेछ ।