login
saka
add friend
खासगरी मैले यो ब्लग् मेरो आफ्नै बारेमा मपाई गर्नु लेख्दैछु । हुन त यो माथिको प्रश्न र मेरो बिच कुनै सम्बन्ध छैन तापनि तेत्तिकै रमाईलो को लागि हालेको । तपाईहरुलाई झुक्काको नभन्ठान्नु होला । खासमा पाठक वर्गहरुलाई आकर्षित् गर्न प्रयोग् गरेको । आकर्षित् त गर्‍यो कि गरेन कुन्नि तर जे होस्, एनिवे! मेरो बारेमा भन्नु पर्दा मलाई नेपाली भाषामा ब्लग् गर्नु चासो बढेको छ । नेपाली लिपिमा थोरै मात्रमा ब्लग् देखेको हुनाले मैले पनि अरु दुइ-चार जना साथीहरुले जस्तै सुरु गरेको हुँ। मेरो बारेमा भन्नुपर्दा मलाई देखनेहरु सबैजना मलाई अति सरल भन्ठान्छन् । मेरो अनुहारमा त्यस्तो सोझोपन् झल्किने कुरा के छ कुन्नि? फाइदाजनक् रहुन्जेल् त ठिकैको कुरो हो । अरु त के भन्ने खै? रुघा लागेको बेलामा मेरो नाकबाट सिंङान् झर्छ । तिर्खा लागेको बेलामा पानी पिउछु । मलाई भुटेको भात मनपर्छ । दाल मनपर्दैन । धेरै पिरो खायो भने मेरो टाउको चिलाउछ । मलाई त्यो बोत्तलको अचारहरु मनपर्दैन । गुलियो कुरा मनपर्दैन । गुन्द्रुकको झोल् मनपर्छ । साग् सब्जीहरुमा पात गोबि मनपर्छ । तामाको तरकारी मान्छेहरुले कसरी खान्छन् कुन्नि? अचम्मै लाग्छ । कस्तो साह्रो परैबाट गनाउँछ । मलाई बाख्राको खुट्टाको झोल् चै साह्रै मनपर्ने तर आजकल चै खाँदिन, पाप हो जस्तो लाग्छ किनकि बिचरा उसले त्यो दुइटा खुट्टाले अझै कति पाईला टेक्थ्यो होला भन्ठानेर... हुन त बाख्राको चारओटा खुट्टा हुन्छ । तर कुखुराको मासु चै फेरी खाइन्छ बेला-बेलामा । पेटमा बोसो लाग्नु थालेर हैरान् भैराकोछ अन्त त्यसैले आबो देखि मासु नखाउम् भनेको तर बेला-बेलामा आँखा चिम्लेर गैहाल्छ । घरमा आमाले म सानो हुँदा कुखुरा काटनु लगाउदा त मजाले छप्काउथे तर जति बुढो हुदै गयो त्यति कुखुरा काट्ने भनेपछि त्यतिनै भागिहिड्थे । तर डराएर होइन, जिवजन्तु प्रति दया जागेर । मलाई कुखुरा भुत्ल्याउनु मनपर्दैन तर सानोमा हुँदा कुखुराको आन्द्राभुँडी सबै केलाउथे र त्यहा भित्र भाको कुखुराको पहेलो-पहेलो हरियो-सेतो सुलीलाई आन्द्रामा पाइप् जोडेर अनि सिँन्काले घोचेर, मोजा उल्टो पारे जस्तै उल्टाएर, धाराको पानीले सफा गरीकन नुनसुन् हालेर आगोमा पोलेर खान्थे । सानोमा स्कूल् गएन्जेल् जुत्ता त्यति साह्रो फटाईन । त्यो बाटा जुत्ता लगाउदा खुट्टा पछाडी घाउ बनाइदिन्थ्यो । बाँसबारी र फिट् राईट् एउटै हो कि फरक् फरक कम्पनि हो कुन्नि? बिर्से । त्यो खाले जुत्ता पनि लगाए । एह् हे! " हात्ति छाप् चप्पल् बलियो कि गैडा छाप् चप्पल् बलियो, उस्तै उस्तै हो नानु " भन्ने रेडियोमा सुनेको विज्ञापन याद आयो । त्यो निलो रब्बरको चप्लिले पिटाई खादा कस्तो साह्रो डाम् बसाईदिन्थ्यो । मेरो धेरै लुगाहरु नलगाई-नलगाई छोटो भएर गयो । सायद काठमाँडौमा अझै पनि मान्छेहरु पहिला मैले जस्तै बिहान-बिहान ६:०० बजे उठेर झापाली पसलमा दुध् लिनु जान्छन् होलान् । बिहान-बिहान घरको कुकुरलाई मुताउनु बाहिर डाँडातिर लग्थे । के तपाईहरु पनि एस्तै गर्नु हुन्थ्यो कि अल्छिको पोको हुनुहुन्थ्यो?


blog post मेरो बिचार
Posted in JOURNALs on Mar 23, 2007 at 1:35 AM
        ...पर्खिनोस् है! म कुन् विषयमा ब्लग् लेखुम् भनेर सोच्दैछु । केहि कुरा लेखनुको लागि एक्दमै तम्सिराकोछु । के को बारे लेखने होला? आयो आयो ! टाईमिस् ! ल अब म सुरु गर्दैछु । पढ्दै जानुहोस् ...

        जिवन भनेको एउटा ठुलो नाटक हो । हामी सबै यसका पात्र हौ । कलाकार भने पनि, दर्शक भने पनि, दुवै हामी हौ । त्यसैले कि त नाटक गरौ कि त तमासा हेरौ । मेरो बिचारमा नाटक हेर्नु भन्दा खेल्नु रमाईलो हुन्छ । दर्शक भयौ भने हरेक कुराको मनन् गरौ । जसरी जिवन् एउटा भ्रम हो, त्यसरी यसका हरेक् पक्षलाई केलाएर हेर्ने गरौ । यो एउटा बल्झिएको जालो हो जसलाई फुकाउन निकै समय लाग्छ । हामी सबैलाई चिन्ह भनौ वा कुनै एउटा कुराको पहिचान दिने तथा अस्तित्व जनाउने चिन्हले सदैव अकर्षित गरिआएकोछ । मानवजाति र चिन्ह बिच गहिरो सम्बन्ध छ । हामीलाई कुनै कुरा मनपर्यो भने त्यस्लाई एउटा चिन्ह स्वरूप सम्मान दिन्छौ । मानिसहरु सामाजिक प्राणी भएकाले गर्दा समाजभित्र मानिसलाई मानसिक् तथा भौतिक दुवै रुपमा वशमा राखनुकोलागि अनेक किसिमको जालो बिछाईएको हुन्छ । अब त्यो जालो मान्छेहरु लढे भने बचाउनको लागि भनेर राखिएको हो कि नत्र सामाज भित्र भौतरिएका पात्रहरुलाई समातेर बाहिर जालोमा फाल्नको लागि बनाईएको हो? विचार गर्नुहोस् । हत्तेरिका ! झण्डै झण्डै गत्तिलै निबन्ध पो भएछ । तर खास् भन्ने हो भने मैले के भन्नु खोजेको हो म आफैलाई थाहा छैन । लेखनु त अलिकति मार्मिक कुरो नै लेखे की जस्तो लाग्दैछ । ब्लग् लेख्नु सुरु गरेपछि के लेखने पत्तो नभएर त्यत्तिकै जे पाई त्यै शब्दहरु हालेर हुन्छ वा लामो लामो वाक्य बनाएर सक्दोसम्म यो पेज भर्ने कोसिस गर्दैछु । तपाईहरुले यहाँ सम्म पढने दुख गरिदिनु भएकोमा म यहाँहरुलाई धेरै धेरै धन्यबाद् टक्र्याउदछु । स्कूल छाडेपछि यत्तिका वर्षसम्म नेपाली नलेखेकोले गर्दा पो मेरो औला चिलाईरहेको रैछ । त्यती बेला भने नेपाली विषयलाई हेप्ने गरेको बानी अहिले आएर नेपालीमा मात्रै लेखनु र नेपालीमा मात्रै पढ्नु मन लाग्दैछ ।


blog post जस्ट अनदर डे
Posted in JOURNALs on Mar 05, 2007 at 9:12 PM

आज पनि बिदाको दिन । त्यही मौका पारेर blog गर्दै बसिराकोछु । बिहान एकछिन कोठा सफा गरिसकेपछि अलिकति लुगा धुए र अन्त खान पकाएर खाए । तर आजको मेरो मेनुमा चै मीइ थियो । झन्डै झन्डै हिजोको भुटेको भात जस्तै भयो । सुदिश मोराले भरैपनि भात पकाएर खानुपर्छ भन्दैछ । Walmart  गएर चिकेन लिएर आउने भन्दैथ्यो । यहां त हरियो साग सब्जी भन्दा पनि कुखुराको मासु नै सस्तो पर्ने भएर मलाई थाहा भए अनुसार धेरै जसो मान्छेहरु सबै खाली कुखुराको मासु मत्रै खांदरहेछन् । सबैलाई पैसा जोगाउनु परेकोछ । म चै आबो देखि कुखुराको मासु खांदिन भनेको तर कैले कसो चिटिङ् गर्छु ।


यहाँ खान पकाएपछि फोटो राख्नुको कारण चै पछी फ्युचरमा भोक लाग्यो भने यो वेबसाईट खोलेर फोटो हेर्दै थुक निल्नु हुन्छ नि, त्यसैले राखेको हो यो फोटो ।



blog post भुटेको भात
Posted in JOURNALs on Mar 04, 2007 at 6:32 PM

आज आइतबार म अलिक छिटो उठे । आज पब बन्द छ । सायद बिहानको ५:०० बजेको थियो होला । पुरानो साथीहरु सित chat गरे र नृपेन सितपनि कुरा गरिसकेपछि हल्का भोक् लाग्यो र अन्त त्यस्पछि बासी भात बांकि थियो फ्रीजमा अनि त्य्सैलाई भुटेको भात fried rice बनाएर खाये ।



भुटेको भात बनाइसकेपछी आँफैलाई राम्रो लाग्यो र अन्त फोटो खिचेर राखेको । 


यो चै पानी लिनु जांदा Hennessy Hall पछाडि जुन लागि राकोरहेछ ।




RssFeed

Blogroll