discover:
saka
add friend
blog post शनिबारको दैनिकी
Posted in PUB STORIES on Mar 04, 2007 at 3:25 AM

आजको दिन एकदम ठगी ठगी पैसा कमायो । बिहान ९:०० बजे देखि लिएर साँझको ७:०० बजे सम्म काम गर्‍यो । आज पबमा एकदमै थोरै मान्छेहरु खाना खानु आयो । हामी केटाहरु चै काम् गर्नु छोडी-छोडी पूल खेल्दै बस्यो । तर काम त अगाडी नै सकाएर खेलेको हो । मैले ढाटेको होइन । आज एक्कासी घाम लागेर कस्तो रमाइलो भयो । हुन त ३-४ घण्टा पछि फेरी जस्ताको त्यस्तै भयो । आकाश पनि कस्तो निलो थियो । अलि अलि बादल लागेको थियो । यो स्मिथ हल हो । म यहाँ बस्छु ।



यो चै मैले पब बहिरा निस्केर लिएको फोटो हो । यहाँ तपाईंहरुले St. Joseph Church देखिराखनु भएको छ ।   



लोरस कलेजमा १९९९ सालमा आएको अमेरिकी साङगितीक समुह (Collective Soul and the Goo Goo Dolls)।



मलाई यो फोटो चै राम्रो लाग्यो त्यसैले यहाँ राखेको । म पूल खेल्नुमा खत्रा त छुइन तर फिकरै नमान्नु पर्ने खाल्के पनि छुइन ।



फोटो खिच्दा कहिले कसो कलात्मक हुनु जान्छ ।



समीरले चिकेन पनिनी खाँदैछ । पनिनी भनेको यहाँको सबैको नभनुम तर धेरै जसोको उत्कृष्ट भोजन । तर जे सुकै होस्, अबिशेक् भनेपछि उसको अगाडि चिकेन् टेन्डर्स बाहेक अरु केहि कुरा पनि फेव्रेट् छैन ।


राजमनी भाइले rack मिलाउदैछ । अहिले लोरस् कलेजको गणितबाज । सारा कोलोम्बिएन्, नेपाली र अमेरिकन साथीभाईहरुको गणित गुरु ।



राजमनिले आफ्नो दिमागमा ज्यामितिय हिसाब गर्दैछ कुन कोणबाट कसरी बललाई हिर्काउने भनेर जोड घटाउ गुणा x divide गर्दैछ । चित्रमा छेउमै उभिराख्नु भएका हाम्रा अर्का मित्र चै प्रज्वल हुनुहुन्छ ।  वहां चै राजमनिको कलात्मक् प्रस्तुतिको अवलोकन् गरिराख्नु भएकोछ ।



लामो लामो कपाल राख्नुभएका smyth निवासी बिशाल राज ठकुरी आफ्नो बल छिराउने प्रयत्त्नमा तल्लिन् देखिनुहुन्छ र साथै छेउमा देखिनु भयेका हाम्रा मित्र समीर र सन्जित् सो छ्णकालागि कौतुहलतापुर्वक् पर्खाईमा ।



blog post SNOOPY CONE
Posted in PUB STORIES on Feb 27, 2007 at 9:13 AM

Scotty is the ice-cream guru. Saturday, he taught me how to make snoopy cones. I gave it a try and here is what it looked like.



I used tortilla chips for the ears and black olives for the eyes and the nose. I should have used Brownies and Oreos.



यो स्नूपी कोन हो । यो बनाउनु त्यती गार्हो छैन । यसलाई घरमा नै सजिलो तरिकाले बनाउनु सकिन्छ । यो मेरो पहिलो प्रयत्न हो ।



लोरस खबर पत्रिका - करिब बिहानको ११:०० बजे भिजिटेसन्‌ निवासी लोरस कलेजका विधार्थी अभिषेक रायमाझी आफ्‍नो कोठाबाट काममा निस्‍कीरहेको बेला १ जना नकाबधारीद्वारा पिस्‍तोल देखाई निजको अपहरण भएको थियो । निजको झोलामा चिकन टेण्‍डरको "TO-GO wrap" गरेको ३ वटा पाकेट फेला पारे पछि अपहरणकारीले रायमाझीलाई गाडीबाट धक्‍का दिई लाईब्रेरी अगाडि छाडेको थियो । प्रहरी निरीक्षक सुदिस श्रेष्‍ठ यस छानबिनको सिलसिलामा हालसम्‍म कुनैपनि सबूत बरामद्‌ नभएको बताउनु हुन्‍छ । आफ्‍नो प्राण भन्‍दा पनि प्‍यारो चिकन टेण्‍डर गुमाएको दु:खद्‌ अवसरमा शोक व्‍य्‍त्त गर्दै रायमाझी भन्‍नुहुन्‍छ, " ज्‍ये पाई त्‍यै, इटस्‌ ईम्‍पोसिबल !!! " प्रहरी द्वारा छानबिनको क्रम जारी नै रहेको जनाउदै प्रहरी निरीक्षक श्रेष्‍ठ चिकन टेण्‍डरको पक्‍कै पनि खान नपाएको भोको मानिसद्वारा अपहरण भएको हुनसक्‍ने सबूत बरामद्‌ भएको बताउनुहुन्‍छ र हामी अपहरणकारीलाई छिट्ठै नै फेला पार्ने छौ भन्‍नुहुन्‍छ " अपहरणकारीलाई आफ्‍नै आखाँले देखेको बताउने स्‍मिथ निवासी अनन्‍त थापाज्‍यू चै आफैलाई शुद्ध शाकाहारी रहेको बताउनुहुन्‍छ ।



RssFeed

Blogroll